|  

स्याङ्जाको गल्याङमा बोलेरो जिप दुर्घटनाः २ जनाको मृत्यु, १७ घाइते

९ भदौ, काठमाडौं । स्याङ्जाको गल्याङमा सोमबार बेलुका भएको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

करादीबाट वडा ९ को साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप दुर्घटना हुँदा गल्याङ नगरपालिका–८ बस्ने २५ वर्षीया सदीक्षा थापा मगर पचभैया र वडा नम्बर ९ बस्ने ६० वर्षिय यमबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते १७ मध्ये १३ जना गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएका छन्। चार जना घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।