|  

तोलामा ५०० ले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

९ भदौ, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५००  रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली  बजारमा प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यता आज चाँदी पनि तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।