०९ भदाै, काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढिरेहको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो बताएका हुन् । उनले घरेलु श्रमलाई नियमन र औपचारिकरण नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको जिकिर गरे । उनले घरेलु श्रमलाई औपचारिक बनाउने एउटा पक्षको मात्र कुरा सुन्नुभन्दा सर्वपक्षीय छलफल आवश्यक रहेको पनि बताए । उनले घरेलु श्रमको अनुगमन तथा सुरक्षाका लागि प्रभावकारी संयन्त्र निर्माण चुनौतीपूर्ण रहेको समेत उल्लेख गरे ।
सरकारले प्रत्येक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्नसक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक बनाउने प्रक्रियामा थप गृहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले श्रमिकको न्युनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न नसकिने पनि स्पष्ट पारे । श्रम ऐन, २०७४ अनुसार न्यूनतम पारिश्रमिक प्रत्येक दुई वर्षमा एकपटक निर्धारण गर्न सकिने व्यवस्था रहेको भन्दै उनले आगामी वैशाखदेखि असारभित्र नयाँ पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्न सकिने बताए । उनले भने, ‘हामी दक्षिण एसियामै पहिलो डोमेस्टिक वर्कलाई रेगुलेसन र फर्मलेसन गरेर जाने देश बन्दैछौँ । यस विषयमा अझै पनि व्यापक छलफल हुनुपर्छ । त्यसकारण यस विषयमा तत्काल निर्णय गर्नुपर्छ भन्ने ठान्दिनँ । यस विषयमा उक पक्षको कुरा सुनेर मात्र निर्णय गर्नुभन्दा पनि सर्वपक्षीय बनाउनुपर्र्छ । त्यसमा श्रमिकको सुरक्षाको कुरा पनि आउँछ । सरकारले घर घरमा गएर कस्तो छ भनेर हेर्नसक्ने गरि सक्षम संयन्त्र पनि छैन र सम्भव पनि हुँदैन । हामीले यो प्रकृतिको कामलाई फर्मल बनाउने कुरामा स्पष्ट छौँ । यसमा थोरै समय लाग्ला । अनि श्रमिकको न्यूनतम पारिश्रमिक तोेक्ने बेला भएको छैन । तपाईंहरुले श्रम ऐन, २०७४ पढ्नुभएको हो भने त्यसमा मिनिमम वोइज प्रत्येक दुई वर्षमा एकपटक तोक्न सक्छ भनेर तोकेको हुनाले यो विषयमा म तत्काल केही गर्न सक्दिनँ । अगामी वैशाखदेखि असारमा तोक्न सकिने भएकोले त्यो समयमा हामी आफैं तपाईंहरुलाई छलफलका लागि बोलाउँछौँ । त्योभन्दा पहिले यदि ऐन संशोधन भयो भने वार्शिक रुपमा गर्ने कि भन्नेकुरा स्टेकहोल्डर मिटिङमा पनि राख्नुहोला । तपाईंहरुले जुन भन्नुभयो सरकारी प्रतिष्ठानहरुले नै यो फलो गरेको छैन भने यस विषयमा त तपाईंहरुले श्रम ऐन, २०७४ बनाउने बेलामा ध्यान दिनुपर्ने थियो । सरकारी प्रतिष्ठानहरुलाई पनि श्रम कार्यालयले कारबाही गर्नसक्ने व्यवस्था राख्नुपर्ने थियो । त्योबेला नराखिएकै कारणले हामीले सरकारी प्रतिष्ठानलाई कारबाही गर्न सक्दैनौँ । हामीले आउट सोर्सिंङ कम्पनीहरुलाई सिमित गर्न खोजेका छौँ । मुलुकमा रोजगारी सिर्जना गर्नको लागि आउट सोर्सिङ कम्पनीहरु महत्वपूर्ण छन् । सरकार एक्लैले रोजगारी दिन सक्दैन । आउटसोर्सिंंङ कम्पनीमार्फत नै गर्ने हो ।’
मन्त्री यादवले सरकारले आउटसोर्सिङ कम्पनीलाई सिमित र व्यवस्थित गर्न खोजिरहेको पनि बताए ।मुलुकमा रोजगारी सिर्जनाका लागि आउटसोर्सिङ कम्पनीको भुमिका महत्वपूर्ण हुने भएकोले यसलाई व्यवस्थित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको पनि बताए ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar