०९ भदाै, काठमाडाैं । गरिमा हत्या प्रकरणसँगै घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएको विषयमा छानबिन गर्न गठित प्रहरी समितिले बारामा पुगेर अनुसन्धान थालेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा समिति गठन गरेको थियो। समितिमा प्रहरी निरीक्षक बबिन्द्र नेवाङ र वरिष्ठ प्रहरी नायब निरीक्षक रूपक मैनाली छन्। समितिले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। एसएसपी ढकालका अनुसार बालकले घटना स्वीकार गरेको भिडियो सार्वजनिक गर्ने प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ भने अन्य विषयमा अनुसन्धान जारी छ।
गरिमा हत्या प्रकरणमा प्रहरीले हालसम्म ७ पुरुष र २ महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये दुई जना नाबालक छन्। १६ वर्षीय बालकले घटना स्वीकार गर्दै १४ वर्षीय अर्का बालक पनि संलग्न रहेको दाबी गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरे बस्तीबाट साउन ३१ गते बिहान हराएकी गरिमा भदौ २ गते घरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा मृत फेला परेकी थिइन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar