०९ भदाै, काठमाडौं । नेकपा एमालेले पछिल्लो निर्वाचनमा बेहोरेको पराजयको समीक्षा गर्दै तयार पारिएको प्रतिवेदनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवाददेखि ११औँ महाधिवेशनमा भएको प्यानलगत प्रतिस्पर्धासम्मलाई कारणका रूपमा औँल्याइएको छ।
पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापालाई महासचिव शंकर पोखरेलले बुझाएको प्रतिवेदनमा एमालेको पराजयका ६ प्रमुख कारण उल्लेख गरिएको छ। प्रतिवेदनले पार्टीभित्रको आन्तरिक विवादलाई पनि पराजयको महत्वपूर्ण कारणका रूपमा प्रस्तुत गरेको छ। प्रतिवेदनको सुरुमै भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय समेटिएको छ। सदस्यता नवीकरणसम्बन्धी विवादले पार्टी पंक्तिमा विभाजन बढाएको निष्कर्ष प्रतिवेदनमा छ। एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेपछि उनी ११औँ महाधिवेशनमा सहभागी हुनबाट वञ्चित भएकी थिइन्। त्यसपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारी समर्थित समूहसहित महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए।
प्रतिवेदनले निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा हुँदा त्यसको प्रभाव तल्लो तहसम्म पुगेको उल्लेख गरेको छ। यसबाट सांगठनिक विभाजन र गुटबन्दी थप विस्तार भएको महासचिव पोखरेलको निष्कर्ष छ। यसरी एमालेको चुनावी पराजयको समीक्षा गर्दा नेतृत्व तहका विवाद, सदस्यता प्रकरण र महाधिवेशनमा देखिएको गुटगत प्रतिस्पर्धालाई पार्टीभित्रको आन्तरिक कमजोरीका रूपमा औँल्याइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar