|  

आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेका छन् ।