|  

वीरगन्जमा आज एनभीएलको ट्रफी टुर गराइँदै

१० भदौ, काठमाडौं । आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल)को ट्रफी टुर हुने भएको छ ।

काठमाडौं उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा आज वीरगन्जमा र भोलि जनकपुरमा ट्रफी टुर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

ट्रफी टुर भोलि जनकपुरमा पनि हुनेछ। एनभीएलको ट्रफी यसअघि पाटन, भक्तपुर र वसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो।