|  

पाथीभरा माता दाबी गर्ने समीर पुर्पक्षका लागि थुनामा

१० भदौ, काठमाडौं ।  आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

झारफुकका नाममा महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थापालाई पक्राउ गरेको थियो।

वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय थापा साउन १३ गते पक्राउ परेका थिए।