|  

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

१० भदौ, काठमाडौं ।  काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा जुम्ला तातोपानीका राज कठायत पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान बानेश्वर–थापागाउँ सडकखण्डमा ड्युटीमा रहेका प्रहरीले कठायतलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए। प्रहरीको आग्रह अटेर गर्दै अभद्र व्यवहार र हातपात गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।