१० भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको क्षेत्रका बासिन्दालाई हटाउने इजरायलको धम्कीलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ ।
राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई क्षेत्रबाट हटाउने धम्की अस्वीकार्य भएको बताइन् ।
“बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्की अत्यन्त आपत्तिजनक कुरा हो,” उनले भनिन् ।इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने गतिविधि नरोकिए सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो।
इजरायली अधिकारीहरूले पछिल्ला घटनामा हमासको संलग्नता हुन सक्ने आशङ्का गरेका छन् । यद्यपि ती चङ्गामा विस्फोटक पदार्थ नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गतिविधि गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन्। हमासले भने चङ्गा उडाउने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar