|  

होर्मुज जलमार्गमा बिछ्याएका विस्फोटक पदार्थ हटाइएको ट्रम्पको दाबी

१० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा बिछ्याएका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाएको दाबी गरेका छन् ।

ट्रम्पले होर्मुज जलमार्गमा पुनः बारुदी सुरुङ बिछ्याउने प्रयास गरिए त्यस्ता जहाज वा डुंगालाई तत्काल ध्वस्त पारिने चेतावनी दिएका छन् ।

अमेरिकी ‘स्पेस फोर्स’मार्फत होर्मुज जलमार्गको सम्पूर्ण क्षेत्रमा निगरानी भइरहेको र नयाँ बारुदी सुरुङ बिछ्याउने प्रयासप्रति ‘शून्य सहनशीलता’ अपनाइने ट्रम्पले बताएका छन् ।

ट्रम्पको दाबीप्रति प्रतिक्रिया दिँदै इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले होर्मुज जलमार्ग अझै इरानको नियन्त्रणमा बन्द अवस्थामा रहेको बताएका छन् ।