|  

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

१० भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो ।

बाढीबाट भएको क्षतिको विवरण भने अझै यकिन हुन सकेको छैन। प्रशासनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।