|  

आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति

१० भदौ, काठमाडौं । रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ।

बिहान करिब ९ बजे आएको बाढीले बजारका धेरै घर बगाएको र प्रारम्भिक विवरणअनुसार ५–७ वटा घर मात्र बाँकी रहेको प्रहरीले जनाएको छ।

टिमुरे इलाका प्रहरी कार्यालयमा कार्यरत १५ प्रहरीमध्ये हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।