|  

टिमुरेमा सशस्त्र प्रहरीका ९ कर्मचारी सम्पर्कविहीन 

१० भदौ, काठमाडौं ।  रसुवाको टिमुरेमा खटिएका सशस्त्र प्रहरीका ९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजे आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । भीषण बाढीले टिमुरे बजारमा पूरै क्षति पुर्‍याएको छ ।