|  

रसुवा बाढीः मेडिकल टिम बोकेर सेनाको एमआई-१७ हेलिकप्टर उड्यो

१० भदौ, काठमाडौं । नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।

सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो । 
यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ ।

यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए ।