|  

राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सभापति गगन थापाको माग

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।

उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन्।

साथै, सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन अनुरोध गरेका छन्।