|  

गोसाईंकुण्ड जाँदै गरेको टोलीसँग सम्पर्क कठिन, उद्धारको पहल जारी

१० भदाै,काठमाडाैं । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ ।

उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए । यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन् । टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल विष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ। टोलीको उद्धारका लागि सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ ।