|  

जनक बिबश न्यौपानेको ‘नाचम नाचम मादल बजाउँदै’मा मौलिक तीजको झल्को

१० भदाै, काठमाडाैं । दाङको घोराही धारापानीमा जन्मिएका सर्जक तथा गायक जनक बिबश न्यौपाने नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय नाम हो । उनले हालसम्म तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । ‘मुनामदन २ जुनि जुनि’, ‘तिम्रै यादमा रोएँ’, ‘गल्ती आखिर मेरै रहेछ’, ‘धोका दियौ निष्ठुरी के’, ‘सपनीमा आउँछौ तिमी’, ‘छरेर ढुङ्गामा’, ‘चखेवा को जोडी जस्तै’ लगायतका गीतमार्फत उहाँले आफ्नो छुट्टै सांगीतिक पहिचान बनाएका छन् ।

विभिन्न भाव र शैलीका गीत प्रस्तुत गर्दै आएका न्यौपानेले यसपटक भने मौलिक तीज गीतमार्फत दर्शक तथा स्रोतामाझ नयाँ प्रस्तुति ल्याएका छन् । उनको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘नाचम नाचम मादल बजाउँदै’ बोलको तीज गीत सार्वजनिक भएको हो । गीतमा न्यौपानेसँगै चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । मौलिक तीजको स्वाद, मादलको ताल र नेपाली मौलिक संस्कृतिको झल्को दिने गरी तयार पारिएको यस गीतले तीजको सांगीतिक माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।

गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताले यसलाई रुचाउन थालेका छन् । विशेषगरी मौलिक तीज संस्कृति र नेपालीपनलाई केन्द्रमा राखेर तयार पारिएको गीत भएकाले ‘नाचम नाचम मादल बजाउँदै’ले तीजको सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान बनाउने विश्वास गरिएको छ । गीतको भिडियो जनक बिबश न्यौपानेको आधिकारिक युट्युव च्यानलबाट समेत हेर्न सकिन्छ । लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय न्यौपानेको यो नयाँ तीज सिर्जनाले उनको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ । मौलिक तीजको लय, मादलको ताल र नेपाली संस्कृतिको मिठास बोकेको ‘नाचम नाचम मादल बजाउँदै’ बाेलकाे तिज गीतले यसपाली तीजको माहोल तताउने तयारीमा छ ।