|  

चीनले गरायो तिब्बतमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको जानकारी

१० भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई जानकारी गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।