|  

रसुवा बाढी प्रभावितको उद्धारमा तीव्रता दिन राष्ट्रपतिको आग्रह

१० भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत वितरणलाई तीव्र बनाउन सरकारसहित सबै पक्षलाई आग्रह गरेका छन्।

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीले रसुवा र नुवाकोट क्षेत्रमा जनधनको क्षति पुर्‍याएको खबरले आफू अत्यन्त दुःखी भएको राष्ट्रपति पौडेलले बताएका छन्। उनले प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारका सम्बन्धित निकाय, राजनीतिक दल तथा सामाजिक संघ-संस्थालाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका छन्। राष्ट्रपतिले सुरक्षा निकायसहित सम्पूर्ण सरकारी संयन्त्र र आम नागरिकलाई समेत विपद्को समयमा आवश्यक सहयोग तथा उद्धार कार्यमा जुट्न अपिल गरेका छन्। बाढीबाट प्रभावितको जीवनरक्षा र तत्काल राहत पुर्‍याउने कार्यलाई प्राथमिकतामा राख्दै समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।