१० भदाै, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रसुवा-त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विपद्को समयमा सबै राजनीतिक दल तथा गैरसरकारी संस्थालाई समेत विश्वासमा लिएर काम राहत तथा उद्धारको काममा जुट्न समेत सरकारलाई आग्रह गरे । उनले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट रसुवाका दर्जनौँ बस्ती तहसनहस हुनुका साथै प्रहरी र विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको समेत उल्लेख गरे ।
सांसद केसीले रसुवामा दर्जनौँ बस्ती समाप्त भएको, धेरै मानिस हराइरहेको तथा प्रहरीसमेत सम्पर्कविहीन रहेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्नेमा जोड दिए । उनले यस कठिन समयमा प्रतिपक्षी दलहरु सरकारको साथमा रहेको समेत बताए । उनले भने, ‘यो कठिन परिस्थितिमा बाढी पीडितको पक्षमा सरकार, राजनीतिक दलहरु र समाज छ भन्ने विश्वास दिलाउन चाहन्छु । यो क्षति यति ठूलो क्षति भएको छ कि सभामुख महोदय । मैले धेरै समय पहिले ग्ल्यासियर लेकको बारेमा इसिमोड, विश्व बैंक र युएनडिपीहरुको रिपोर्टहरुलाई गम्भीर रुपमा अध्ययन गरेर सरकारले सोहीअनुसार पूर्व तयारी गर्नको लागि मैले धेरै अगाडि भनेको हो । अहिले रसुवाका दर्जनौँ बस्तीहरु समाप्त भएका छन् । त्यहाँ धेरै जना मिसिङ हुनुका साथै प्रहरी समेत सम्पर्कबिहीन भएको अवस्था छ । त्रिसुली ए र त्रिसुली बिमा काम गर्ने मजदुरहरु समेत सम्पर्कविहीन भएको समाचारहरु आइरहेका छन् । नवलपुरमा समेत १२ वटाभन्दा बढी पक्की पुलहरु ध्वस्त भएका छन् । र धादिङको धादिङबेसी जाने पक्कीपुल समेत ध्वस्त भएको छ । त्यति मात्रै होइन नुवाकोटका दुई ठुला देविघाट प्रोजेक्ट र त्रिसुली प्रोजेक्टहरु क्षतिग्रस्त छन् । त्रिसुली बजार समेत ध्वंस भएको छ । यस दुःखको घडिमा आफू मात्र होइन सम्पूर्ण राजनीतिक दलहरुलाई विश्वासमा लिने र स्थानीय निकाय तथा स्थानीय सरकारलाई समेत विश्वासमा लिएर सबै संयन्त्रलाई परिचालन गर्नुपर्ने आवश्यकता छ । यस्तो विपत्तीको समयमा सरकार चनाखो भएर सबैभन्दा पहिले गर्नुपर्ने कुरा के हो भने उद्वार हो ।’
बुधवार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङ लगायतको जिल्ला ठूलो क्षति गरेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar