१० भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रतिनिधि सभाको बुधवारको बैठक स्थगित गरिएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सभामुख अर्यालले विपद्को यस कठिन घडीमा घाइतेहरूको शिघ्र उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी र प्रभावित एवं विस्थापितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुभयो । उहाँले यस कार्यमा आवश्यक समन्वय र सहयोगका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत हार्दिक अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यस दुःखद् घडीमा राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।’
बाढीका कारण उत्पन्न सङ्कटलाई ध्यानमा राखी बुधवारको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू हटाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको अर्को बैठक बिहीवार दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar