१० भदाै, काठमाडाैं । नेपाली काँग्रेसले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै आफ्ना सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकार तथा मातहतका सबै निकायलाई अपिल गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गर्नुभएको जानकारीअनुसार विशेषगरी रसुवा जिल्ला लगायतका क्षेत्रमा आएको आकस्मिक बाढीले पु¥याएको अपूरणीय जनधनको क्षतिप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । अर्बौंको भौतिक संरचना नष्ट भएको र धेरै नागरिक बेपत्ता भएको यस सङ्कटको घडीमा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र सुरक्षा निकायलाई एकतावद्ध भई उद्धारमा जुट्न कांग्रेसले आह्वान गरेको छ ।
काँग्रेसले बाढी प्रभावित क्षेत्रमा प्रभावकारी समन्वय र सहजीकरणका लागि रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । यस समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका केन्द्रिय सदस्य, जिल्ला सभापति, बागमती प्रदेशका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरू रहेका छन् । समितिको सदस्य सचिवमा मानबहादुर थापालाई नियुक्त गरिएको छ । बैठकले पार्टीका सबै तहका संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक समाजलाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएको छ । नागरिकको ज्यान जोगाउन, घाइतेको उपचार गर्न र बेपत्ताहरूको खोजीमा सक्रिय भुमिका खेल्न पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेको छ । साथै, सूचना आदानप्रदान र सहयोगका लागि केन्द्रदेखि जिल्ला तहसम्म ’हेल्प डेस्क’ स्थापना गर्ने निर्णय समेत भएको छ ।
राष्ट्रिय शोक र सङ्कटको यस समयमा काँग्रेसले भदौ ११ गतेका लागि तय गरिएको ‘महिला उद्यमशीलता सम्मेलन’ र ‘ग्रिन टी विचार श्रृङ्खला’ लगायतका सम्पूर्ण कार्यक्रमहरू एक हप्ताका लागि स्थगित गरेको छ ।नेपाली काँग्रेसले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सरकारी स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar