१० भदाै, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको आकस्मिक बैठकले सो माग गरेको हो । चीनको स्वशासित क्षेत्र तिब्बत (सिजाङ) तर्फबाट बुधवार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका विभिन्न बस्तीहरूमा ठूलो विनाश निम्त्याएको छ । बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती र त्रिशुली लगायतका क्षेत्र प्रभावित भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यकाअनुसार बाढीका कारण ठूलो सङ्ख्यामा महिला, बालबालिका, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । बाढीले टिमुरे बजारसहितका बस्तीमा सयौँ घर, पसल, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत आयोजना र कृषि क्षेत्रमा व्यापक क्षति पु¥याएको छ ।
बैठकले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै बेपत्ताहरूको खोजी, जोखिममा रहेकाहरूको स्थानान्तरण र घाइतेहरूको तत्काल निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । यस्तै, मानवीय र भौतिक क्षतिको विवरण संकलन गरी तत्काल र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च शतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ । यस विषम परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारका साथै राजनीतिक दल, नागरिक समाज र सामाजिक संघ-संस्थाहरूलाई एकीकृत रूपमा सहकार्य र समन्वय गर्न एमालेले अपिल गरेको छ ।
नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, जनसङ्गठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय हुन विशेष निर्देशन दिइएको आचार्यले बताउनु भयो । सरकारले कुनैपनि बहानामा ढिलासुस्ती नगरी उद्धार र राहत सामग्री वितरणमा तदारुकता देखाउनुपर्नेमा एमालेले जोड दिएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar