|  

प्रधानमन्त्री शाहसँग मोदीको फोनवार्ता, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१० भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।

मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी बाढीबाट भएको क्षतिबारे जानकारी लिँदै पीडितप्रति समवेदना व्यक्त गरेका हुन्। उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली जनतासँगै रहेको बताउँदै नेपाललाई सम्भव भएसम्मको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। मोदीले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी निकायसँग समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्।