|  

बाढीपीडितका लागि भारतले दियो १० टन राहत सामग्री

११ भदौ, काठमाडौं । भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ।

बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको उक्त पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका हुन्।