|  

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी

११ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी हेलिकप्टरमार्फत उद्धार सुरु भएको छ ।

घाइतेलाई धुन्चे र विदुरस्थित सेनाको क्याम्पमा उपचार गरिनेछ भने गम्भीर घाइतेलाई काठमाडौं ल्याइनेछ। प्रभावितका लागि राहत सामग्री पनि विदुर पठाउन थालिएको छ।