|  

बाढीमा १३३ भारतीयसहित ३४ अस्ट्रेलियन, ५३ युक्रेनी र २४ क्यानेडियन नागरिक सम्पर्कविहीन

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार तीमध्ये ३४१ विदेशी र ६२ नेपाली छन् । सबैभन्दा धेरै १३३ भारतीय, त्यसपछि अमेरिका ४७, अस्ट्रेलिया ३४, बेलायत ३३ र क्यानडा २४ जना सम्पर्कविहीन छन् ।

युक्रेन, मलेसिया, दक्षिण अफ्रिका, जापानलगायत २५ भन्दा बढी देशका नागरिक पनि प्रभावित भएका छन्।

बेपत्ता पर्यटकमध्ये धेरैजसो गोसाइँकुण्ड र कैलास मानसरोवरतर्फ यात्रा गरिरहेका थिए। खोज तथा उद्धार कार्य जारी छ।