|  

गोसाइँकुण्ड जाँदै गरेको धादिङको बस बेत्रावतीबाट सम्पर्कविहीन

११ भदौ, काठमाडौं । धादिङको नीलकण्ठ–१२ साङ्कोषबाट गोसाइँकुण्डका लागि बुधबार बिहान छुटेको बा ५ ख १२५० नम्बरको बस रसुवाको बेत्रावती क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको छ ।

बिहान करिब ६ बजे धादिङबेँसीबाट रिजर्भमा गएको बसमा चालकसहित २६ जना सवार थिए। बिहान करिब ९ बजे यात्रुमध्ये प्रकाश लम्सालले आफन्तलाई फोन गरी आफूहरू बाढीमा फसेर एउटा घरको छतमा रहेको बताएका थिए ।

त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन । बसमा धादिङका विभिन्न स्थानका स्थानीय सवार रहेको बताइएको छ।