|  

रसुवामा कार्यरत २८ प्रहरी अझै सम्पर्कविहीन

११ भदौ, काठमाडौं ।  रसुवाको विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरतमध्ये २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जनामध्ये ३२ जना सम्पर्कमा आएका छन्। २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन छन् ।

प्रभावितहरूको खोजीका लागि चार वटा ड्रोन पनि प्रयोग गरिएको छ ।