|  

बाढीले बगाएर ल्याएका श#व पहिचान र व्यवस्थापनमा समस्या

११ भदौ, काठमाडौं । रसुवाको बाढीले बगाएका शव चितवनका नदी किनारमा भेटिने क्रम बढेको छ ।

चितवन प्रशासनका अनुसार आज बिहान ८ बजेसम्म ६७ शव फेला परेका छन् ।

शव पहिचानमा कठिनाइ भएपछि प्रशासनले हेल्प डेस्क स्थापना गरी आफन्तलाई पहिचानका लागि बोलाउने तयारी गरेको छ।

अस्पतालमा एकैपटक ५० भन्दा बढी शव व्यवस्थापन गर्न सक्ने क्षमता नभएकाले शव व्यवस्थापनमा समेत चुनौती देखिएको प्रशासनले जनाएको छ।