|  

बाढी प्रभावित विषयमा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिब्बततर्फबाट आएको बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपा सचिवालयका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदमा रहेका सबै दलहरुलाई बोलाइएको छ ।