|  

बाढी प्रभावित क्षेत्रमा सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउँदै सरकार

११ भदौ, काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित क्षेत्रहरूमा सञ्चार, विद्युत र राहत कार्यलाई तीव्रता दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउन भइरहेका प्रयासहरूबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार विभिन्न स्थानमा अवरुद्ध भएको सञ्चार सेवालाई पुनः सुचारु र सुदृढ बनाउन जेनेरेटर र सोलार सहितका पोर्टेबल मोबाइल टावरहरू पठाइने कार्य भइरहेको छ ।

यसका साथै, विद्युत् आपूर्ति ठप्प भएका क्षेत्रहरूमा तत्कालका लागि ब्याकअप प्रणालीहरू पनि पुर्‍याइँदै छ ।