|  

नेपाल–चीन बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त

११ भदौ, काठमाडौं । नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति जापानका प्रधानमन्त्री सानाए ताकाइचीले दुःख व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन्।

उनले प्राकृतिक विपद्बाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गर्दै विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।