|  

कठिन घडीमा चीन नेपालको साथमा दृढताका साथ उभिएको छः राजदूत माओमिङ

११ भदौ, काठमाडौं । केरुङ–रसुवागढी क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्बाट नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएकोप्रति नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, प्रभावित नागरिक तथा नेपाल सरकारप्रति समवेदना व्यक्त गरेका छन्। कठिन घडीमा चीन नेपालसँग दृढताका साथ उभिएको राजदूत माओमिङले बताएका छन्।