|  

सरकारले भन्यो– जथाभाबी हेलिकप्टर नउडाउनू

११ भदाै, काठमाडाैं ।  सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रमा निजी हेलिकप्टर जथाभाबी नउडाउन निर्देशन दिएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न भनिएको हो।

आफ्नै ढंगले हेलिकप्टर सञ्चालन गर्दा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भन्दै रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

खोज तथा उद्धारका लागि हेलिकप्टर आवश्यक परे जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्न प्राधिकरणले आग्रह गरेको छ।