|  

भोटेकोशी बाढीः मृ#त्यु हुनेको संख्या १७७ पुग्यो

११ भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।

रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,धादिङमा ९ महिला,११ पुरुष,एक बालिका तथा  पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला,१० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।

यसैगरी चितवनमा १५ महिला,१९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ ।

तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका,एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ ।