|  

शंकर पोखरेलसहित एमाले नेता बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

११ भदाै, काठमाडाैं ।  भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ लगायत सहभागी छन् ।

टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण, स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, स्थानीय तहहरुसँग उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ ।

यसैगरी स्थानीय प्रशासनसँग पनि पोखरेल नेतृत्वको टोलीले, उद्धार,राहत तथा पुनर्स्थापनाका बारेमा छलफल गर्ने छ ।