|  

चिनियाँ दूतावासले भन्योः बाढीको चेतावनी दिएन भन्नु गलत

११ भदाै, काठमाडाैं । काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गरेको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा ‘फेक न्युज’ भएको बताएको हो।

साथै वास्तविकता भन्दै नेपालको भूभागमा भूकम्प जाँदा हिमताल विस्फोटका कारणले पहिरो गएको उल्लेख गरेको छ।

दूतावासले कसैलाई आरोप लगाएर कुनै फाइदा नहुने भएकाले सहकार्यले नै ज्यान जोगाउन सक्ने पनि बताएको छ।