११ भदाै, काठमाडाैं । रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ ।
प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । एन्ड्रिज हाइड्रोका यी कर्मचारीहरूमध्ये आधा नेपाली र आधा विदेशी नागरिक हुन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन् ।
यसैगरी, परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना कर्मचारी पनि बेपत्ता भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्तिहरू उद्धारको पर्खाइमा रहेका छन् । २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा बुधवारदेखि ६० जना व्यक्ति थुनिएका छन् । सम्पर्कविहीन हुनेहरूमा २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । विकासकर्ता कम्पनीले उद्धारका लागि पहल गरे तापनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ भइरहेको छ ।
१११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिमुरे क्षेत्रमा ३ जना कामदारले भने अग्लो स्थानमा उक्लिएर ज्यान जोगाउन सफल भएका छन् । हाल त्यस क्षेत्रमा कुनैपनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन । ५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधवारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ । १ सय २० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल कन्ट्रयाक्टर सिनो हाइड्रोका २ जना कामदार बेपत्ता भएका छन् । अन्य ५ जना कर्मचारी (३ चिनियाँ र २ नेपाली) भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरू हाल उद्धारको प्रतिक्षामा छन् र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar