|  

बाढीपीडितका लागि पाण्डेले दिए एक करोड

११ भदाै, काठमाडाैं । राप्रपा नेता तथा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेले रसुवासहितका बाढी प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि एक करोड रुपैयाँ सहयोग गरेका छन्।

सरकारले रसुवा बाढीपछि राहत र उद्धार अभियानमा आर्थिक सहयोग गर्न आह्वान गरेपछि पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका पाण्डेले तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।