|  

पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, अझै तीन ठाउँको लेदो हटाउन बाँकी

१२ भदौ, काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग अझै अवरुद्ध छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण धादिङको गल्छी र गजुरीका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि सडक बन्द भएको हो।

गजुरीका गलौदी र बाहुनी भिर तथा गल्छीको महेश दोभानमा लेदो हटाउने काम भइरहेको छ।