|  

नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण

१२ भदौ, काठमाडौं । नेपालमा भएको बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौनधारण गरेका छन् ।

आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा खेलअघि खेलाडीले मौनधारण गरेका हुन् ।क्लबले समाजकि सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ ।

‘गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरूका साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो’ बार्सिलोनाले फोटोसहित यो जानकारी पोस्ट गरेको छ ।