|  

रसुवा बाढीः ४६९ जनाको श#व फेला, ९७७ जना बेपत्ता

१२ भदौ, काठमाडौं ।  रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।

मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ।

विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।