|  

पुनः बाढी आउन सक्ने सूचनापछि धादिङ प्रशासन उच्च सतर्कतामा

१२ भदौ, काठमाडौं । चीनतर्फबाट त्रिशूली नदीमा पुनः बाढी आउन सक्ने सूचना पाएपछि धादिङ प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

बिहीबार राति बसेको आपत्कालीन सुरक्षा बैठकले सम्भावित जोखिम र क्षतिबारे छलफल गरेको हो।

प्रशासनले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन, जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्न र नदी किनारमा नजान आग्रह गरेको छ।