|  

युक्रेनले बेलायती क्षेप्यास्त्र प्रयोग गरे बेलायती सैन्य ठेगानामा आक्रमण गर्ने रुसको चेतावनी

१२ भदौ, काठमाडौं । रुसले युक्रेनले बेलायती क्षेप्यास्त्र प्रयोग गरे बेलायती सैन्य ठेगानामा आक्रमण गर्ने चेतावनी दिएको छ ।

बेदायतले युक्रेनलाई हतियार दिएको भन्दै रुसले युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य लक्ष्यमा आक्रमण गर्न सक्ने चेतावनी दिएको हो । युक्रेनले रुसी भूभागभित्र प्रहार गर्न बेलायतले उपलब्ध गराएका लामो दूरीका क्रुज क्षेप्यास्त्र प्रयोग गरेमा आक्रमण गर्न सक्ने रुसले चेतावनी दिएको हो ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले लन्डन रुसी नागरिकमाथि भएको आतंकवादी गतिविधिमा कानुनी रूपमा सहभागी हुन नपाउने बताइन् ।

बेलायतले आफ्नो नीति परिवर्तन नगरेमा विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनीसमेत उनले दिइन् ।