|  

पहिचान र परीक्षणका लागि १०२ श#व पोखरा ल्याइयो

१२ भदौ, काठमाडौं ।  त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ ।

भोटेकोशी बाढीपछि खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा भेटिएका शव व्यवस्थापन तथा परीक्षणको व्यवस्था नभएपछि पोखरा ल्याइएको हो ।

बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको कास्की प्रशासनले जनाएको छ ।

शव परीक्षणपछि पहिचानका लागि स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।