|  

रसुवा बाढीः हालसम्म ८२९ जनाको उद्धार

१२ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेना र गैरसैनिक टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन् ।

उद्धारका लागि ६ नेपाली सेना र ९ गैरसैनिक हेलिकप्टर परिचालन भइरहेका छन् । हालसम्म हवाई माध्यमबाट ८२९ जनाको उद्धार गरिएको छ, जसमा १०१ विदेशी नागरिक छन् ।

थप २०० जनाको जमिनमार्फत उद्धार गरिएको छ । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज खटाइएको छ।