|  

५९ घाइतेको काठमाडौंका अस्पतालहरूमा उपचार हुँदै, २९ जना ‘डिस्चार्ज’

१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा घाइते भई उद्धार गरेर काठमाडौं ल्याइएका ८८ जनामध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि २९ जना डिस्चार्ज भएका छन् ।

घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, मनमोहन, ग्रीनसिटी, नर्भिकलगायत अस्पतालमा उपचार भइरहेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।