|  

सरकारले भन्योः तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो तालमा ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो भएको सरकारले जनाएको छ ।

तर, तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको र चिनियाँ पक्षबाट पनि ठूलो जोखिम नरहेको जानकारी आएको बताए।

ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण तालको पानी लेदोसहित ओभरफ्लो भएको हो।